कहिले खाली जानी वा नजानी कुनै पनि कुरा बिर्सिन सक्छ, अरुमा त फरक नपर्ला तर तपाईंले आफ्नो कम्प्युटर खोल्नको लागि राख्नु भएको password नै बिर्सिनु भयो भने चाँही समस्या पर्न सक्छ हैन र ?
यदि तपाईं password बिर्सेंर आफ्नो कम्प्युटर खोल्न समस्यामा पर्नु भएको छ भने तल उल्लेखित केही tips को प्रयोग गरेर password लाई हटाउन सक्नु हुन्छ ।
१) जब तपाईं कम्प्युटर स्टार्ट गर्नु हुन्छ त्यती बेला F8 कि press गर्नुहोस् ।
२) तपाईंले boot menu option देख्न सक्नु हुनेछ र त्यहा तपाईंले "Safe Mode" लाई छान्नुहोस् ।
३) जब "Safe Mode" मा जानु हुन्छ तपाईंलाई password सोधिने छैन र तपाईंको कम्प्युटर खुल्नेछ ।
४) कम्प्युटर खुलिसकेपछि run मा जानुहोस् र त्यहा nusrmgr.cpl टाईप गर्नुहोस् र Enter गर्नुहोस् ।
५) windows user account पेज खुल्नेछ । त्यहा तपाईंले password protect गर्नु भएको account खोल्नुहोस् र password लाई delete गरिदिनुहोस् ।
६) अब कम्प्युटरलाई restart गर्नुहोस् , तपाईंको password हटिसकेको हुनेछ ।
७) अब तपाईंले फेरी आफ्नो कम्प्युटरलाई नयाँ password ले protect गर्न सक्नु हुनेछ ।
Enjoy !!!
Thursday, November 18, 2010
Tuesday, October 26, 2010
शुभ दीपावली २०६७

नेपालीहरुको महान चाड बडा दशैको समाप्ती सँगै हरेक नेपालीहरुको घर आँगनमा अहिले तिहार (दिपावली)को रमझम देखिन थालेको छ । यसैको अबसरमा www.sagars99.blogspot.com आफ्ना समस्त पाठकहरुमा हार्दिक मंगलमय शुभकामनाका साथ केही
तिहार सम्बन्धी गीत पस्कन चाहन्छ । गीत डाउनलोड गर्न गीतको बोलमा राईट क्लिक गरेर save target as गर्नुहोला
Saturday, October 9, 2010
"शुभ विजया दशमी"

हिन्दुहरुको महान चाड बडा दशैँ धुमधामसंग सबैको घर घरमा भित्रीएको छ। सबै तिर उत्साह उमंग तथा रमाइलो बातावरण फैलिएको छ। बजार हेर्ने हो भने ठूल्ठूला शपिङ् मल,डिपार्टमेन्ट स्टोर देखि लिएर फुटपाथको पसलमा समेत मानिसको भिड बढ्दो छ। नयाँ लुगा लाउने, तथा आफन्तकहाँ गएर रमाइलो गर्ने चाहना सबैको अनुहारमा स्वत देख्न सकिन्छ। कतै चंगा उडाउनेको रमाइलो त कतै जुवाको खेलको रमाइलो कतै घर सजाउने होड त कतै पिङमा मच्चिने जोड समग्रमा हेर्दा यसपालिको दशै पनि धुमधाम संग मनाइने तयारी भई रहेको देखिन्छ ।
बडा दशैं-०६७ को पावन अवसरमा www.sagars99.blogspot.com को तर्फ बाट समस्त पाठक बर्गका साथसाथै सम्पूर्ण नेपालीहरुको घर आँगनीमा श्री माता दुर्गा भवानीको बास होस्, अन्न बालीको ढुकुटीले घर भरी भराउ होस्, सुन चाँदीको रास होस्, ईष्टमित्रहरु सबैको तपाईंसंग सुझाब सल्लाह सहयोग र सद्भाबको आस होस्, शत्रु जती नाश होस्; भनी सबैलाई "शुभ विजया दशमी" भन्दै हार्दिक हार्दिक मंगलमय शुभकामना ।
Monday, September 13, 2010
तपाईंलाई रिस कत्तिको उठ्छ ??

रिसाउनु स्वास्थको लागि राम्रो त हैन तर पनि एक पटक रिसाउने practice गर्ने हो ?? यदि तपाईं रिसाउन चाहनु हुन्छ भने यो साईटमा जानु होला , तपाईंलाई रिस उठ्ने १०० प्रतिशत पक्का । तपाईंलाई यो साईटमा जानु नै भनेर कर चाँही म गर्दिन । यदि मैले दिएको link मा गई हाल्नु भयो भने मलाई गाली चाँही नगर्नु होला नि ल ।
मेरो कुरा नमानिकन यदि तपाईं रिसाउन नै चाहनु हुन्छ भने यहाँ Click गर्नु होला
Tuesday, June 22, 2010
याहू मेसेन्जरमा Status चेक गर्ने कि ?
के तपाईंको कोही साथी याहू मेसेन्जरको लिस्टमा सधैं offline देखिन्छ ? के यो त्यो साथीको सही Status हो ? तपाईंको साथीको यो offline Status सही नै हो भन्ने छैन किनकी याहू मेसेन्जरमा उपलबध एउटा Feature ले तपाईंले आफ्नो status लाई लुकाउन सक्नु हुन्छ जसलाई Invisible भनिन्छ र तपाईंको त्यो साथीले पनि यही Feature को प्रयोग गरेर आफ्नो status लाई लुकाएर तपाईंलाई झुक्काउदै छ कि ?
याहू मेसेन्जरमा को को अन्लाईन र को को साचैनै offline छ पत्ता लगाउने तरिका बारे पहिला पनि लेखेको थिए (हेर्नुहोस् पुरानो पोस्ट), अर्को एउटा सजिलो तरिकाको बारे लेख्न गैरहेको छु ।
http://www.ydetector.com/ एउटा यस्तो साईट हो जसबाट तपाईंले आफ्ना साथीहरुको सही Status पत्ता लगाउन सक्नु हुन्छ । हुन त तपाईंले अरु पनि धेरै साईटहरु पाउनुहुन्छ जसबाट याहू मेसेन्जर को Status पत्ता लगाउन सकिन्छ तर यहाँ यही साईटको बारे जानकारी दिनुको कारण मैले धेरै चोटि यो साईट बाट ट्राइ गरेको र सही नतिजा निस्केकोले हो ।
साईटमा तपाईंले मात्र चेक गर्नु पर्ने साथीको याहू id सर्च बक्समा टाईप गरेर Enter गरेपछि केही सेकेण्डमा नै तपाईंले नतिजा पाउनु हुनेछ कि उक्त साथी अन्लाईन, अफलाइन वा invisible Mode मा छ । छैन त सजिलो ? लौ अब कसैले invisible मा बसेर झुक्काउने कोशीस गर्दैछ चेक गरी हाल्ने हैन त ?

Sunday, June 6, 2010
Firefox ब्राउजरमा password stored गर्दाको खतरा
तपाईंले अबस्य पनि ईन्टरनेट ब्राउजर firefox चलाऊनु भएकै छ होला तर यसमा केही security risk छ भनेर थाहा नभएको हुन सक्छ । firefox ब्राउजरमा भएको "password remembered" tools बारे केही जानकारी लिनु जरुरी छ किनकी सामान्य जानकारी बिना तपाईंले आफ्नो username र password धमाधम remember tab मा क्लिक गर्दै जानु भयो भने यो तपाईंको लागि खतरा हुन सक्छ किनकी तपाईंले remember गर्नु भएको username र password तपाईंको कम्प्युटर चलाऊने अरु जो कसैले पनि थाहा पाउन सक्छ । एक चोटि firefox ब्राउजरमै ट्राइ गरेर हेरौन त है ...
१) मैले आफ्नो yahoo मेल खोल्न username र password हालेँ, मलाई firefox ब्राउजरले "Remember" "Never for this site" र "not now" भन्ने option दियो । मैले "remember" tab मा क्लिक गरे जुन तपाईंहरुले पनि गर्दै आउनु भएको होला ।

२) अब firefox ब्राउजरको tools भित्रको "option" मा गएँ ।
३) त्यहा "Security" tab मा क्लिक गरे ।
४) बिचको "Saved Passwords" मा क्लिक गरेँ ।
५) मैले त्यहा save भएर बसेका साईटहरु र username हरु देखेँ । जहाँ अघि मैले भर्खर "Remember" गरेको साईट पनि छ ।६) अब मैले "Show Passwords" मा क्लिक गरेँ र "Confirm" messege मा yes गरिसके पछि मैले त्यहा username र password प्रस्ट देखेँ ।
यसको मतलब तपाईंले के बुझ्नु भयो त ? यदि तपाईंले नजानेर आफ्नो username र password यसरी "Remember" गरेर राख्नु भएको छ भने अरु जो कसैले पनि तपाईंको username र password थाहा पाउन सक्ने भएन त ?
अब तपाईंले सोच्न थाल्नु भयो होला कि यसलाई कसरी "Protect" गर्न सकिन्छ त ? हो यो option पनि छ firefox मा, तपाईंले यसलाई आफ्नो सिक्रेट password ले "protect" गर्न सक्नु हुन्छ । त्यसको लागि तपाईं फेरी :
१) tools > options > Security Tab मा जानुहोस् र त्यहा "Use a Master Password" को बक्समा tick लगाइदिनुहोस् ।
२) तपाईंलाई Master Password के राख्ने भनेर सोधिनेछ त्यहा कुनै password टाईप गर्नुहोस् र फेरी Re-Enter गरेर ओके गरिदिनुहोस् ।३) अब तपाईंको firefox password ले protect भयो । तपाईंले अब अघिको जस्तो गरेर password हेर्न खोज्नु भयो भने password option आउनेछ र password हालीसकेपछि मात्र त्यो पेज खोलिनेछ ।

Friday, June 4, 2010
Subscribe to:
Comments (Atom)