Monday, May 24, 2010

आफ्नो आवाज Record गरेर Share गर्नुहोस्

आफ्नो साथीभाई वा आफन्तहरुलाई सम्पर्क गर्दा ईमेल वा SMS पठाउदा पठाउदा दिक्क मानीरहनु भएको छ र कुनै नयाँ तरिका बारे सोचीरहनु भएको छ भने "Vocaroo" नामक साईट उपयोगी साबित हुन सक्छ ।

Vocaroo" नामक यो साईटमा तपाईंले आफ्नो voice record गर्न सक्नु हुन्छ, तपाईंको कम्प्युटरमा भएको mic को मद्घतले आफ्नो आवाज record गर्न सक्नु हुन्छ । आवाज record भईसकेपछि ... ... ... ... ... ... ... ...
तपाईंले आफ्नो आवाजको Direct link URL र html code पाउनुहुनेछ । एच.टि.एम.एल code तपाईंले आफ्नो साईट वा ब्लगमा पनि प्रयोग गर्न सक्नु हुन्छ । साथसाथै आफ्नो आवाज तपाईंले आफ्ना साथीभाई वा आफन्तलाई सुनाउन चाहनु भएको छ भने direct link URL पठाउन सक्नु हुन्छ । यो साईटमा तपाईंले आफ्नो अकाउन्ट signup गरेर खोल्न सक्नु हुन्छ तर signin नगरिकनै पनि यो सुबिधा प्रयोग गर्न सकिन्छ । यसमा तपाईंले त्यती धेरै Function त पाउनु हुने छैन तर यसमा record हुने sound quality एकदम राम्रो छ ।
तपाईं पनि एकपल्ट यो साईटको सुबिधा प्रयोग गरेर किन नहेर्ने ???
साईटमा जान यहाँ क्लिक गर्नुहोला vocaroo.com

Sunday, May 23, 2010

दिमागमा राख्नु पर्ने महत्वपूर्ण कुराहरु :[Ideas to keep in mind]

* सधैं आफ्नो जीवनको लक्ष्यलाई याद राख्नुस् ।
* आफ्नो वास्तविक मुस्कानलाई सधैं साथमा राख्नुस् र अरुलाई यो share गर्नुस् ।
* आफ्नो छिमेकिहरु प्रति सधैं मद्दतको भावना राख्नुस् ।
* आफु भित्रको युवा आत्मालाई सधैं जिवित राख्नुस् ।
* धनीलाई र राम्रोलाई मात्र होइन गरीब र नराम्रोलाई पनि आत्मासात गर्ने बानी बसाल्नुस् ।
* जती सुकै दबाब लाई हल्का रुपमा लिने गर्नुस् र आफ्नो दिमाग लाई सधैं ठण्डा राख्नुस् ।
* आफ्नो स्वभाबलाई बाताबरण अनुसार ढाल्ने कोशीस गर्नुस् ।
* अरुको गल्तीलाई सके सम्म माफ गरी दिनुस् ।
* आफ्नो मन मिल्ने साथीहरु सके सम्म काम बनाउनुस् ।
* आफुलाई चाहनेहरुसँग हरेक पल खुशी रहनुस् ।
* आफ्नो confidence लाई सधैं उच्च् राख्नुस् ।
* जीवनमा आई पर्ने जोखिमहरुको लेखा जोखा राख्नुस् ।
* यो याद राख्नुस् कि पैसा सबै थोक होइन ।

Free मा संसारको कुनै पनि देशमा SMS पठाउनुहोस्

Free मा SMS पठाउने सर्भिस दिने धेरै वेबसाईटहरु ईन्टरनेटमा पाईन्छन, कुनै ले दिनको यतिवटा सम्म पठाउन पाउने भनेका हुन्छन भने कुनैले संसारको यो यो country मा मात्र पठाउन सकिन्छ भनेका हुन्छन । नेपालमै पनि कुनै साईटले NTC को मा मात्र सर्भिस provide गरेका हुन्छन भने कुनैले Mero Mobile मा मात्र... तर यहाँ यस्तो एउटा साईटको बारे जानकारी दिन लागेको छु जुन साईटबाट तपाईंले संसारको जुनसुकै देशमा Free मा Unlimited SMS पठाउन सक्नु हुन्छ । नेपालको कुरा गर्ने हो भने नेपालमा सन्चालित सबै मोबाईल कम्पनीको नेट्वोर्कमा जस्तै : NTC, MeroMobile, UTL आदिमा SMS पठाउन सकिन्छ ।
यो साईटको अर्को पक्ष के पनि छ भने यसमा हामीले कुनै Registration गरी राख्नु पर्दैन , बिना Regstration SMS पठाउन मिल्ने भएकोले तपाईंले आफ्नो परिचय पनि दिनु पर्दैन र SMS मा तपाईंको कुनै इन्फर्मेसन जादैन भन्नुको मतलब तपाईंले आफ्नो परिचय वा नम्बर गोप्य नै राखेर SMS गर्न सक्नु हुन्छ । एक किसिमले यो राम्रो पक्ष हो भने यो नराम्रो पक्ष पनि हो, राम्रो पक्ष के हो भने तपाईंले संसारको जुनसुकै कुनामा पनि फ्रीमा सन्देश पठाउन सक्नु हुन्छ, नराम्रो पक्ष चाँही कसैले कसैलाई कुनै नराम्रो नियत राखेर पनि SMS पठाउन सक्छन । त्यसैले तपाईंहरु पनि आफ्नो मोबाईलमा कसैको यस्तै झुठो SMS आयो भने Tention नलिनुहोस् आजकालको टेक्नोलोजीमा यो सम्भब छ र कसैले कसैलाई पनि यस्तो SMS पठाउन सक्छन
मोबाइलमा फ्री मा SMS गर्नको लागि यस्मा क्लिक गर्नु होला

आफ्नो Pendrive मा Background Wallpaper हाल्नुहोस्



आज तपाईंहरु सामु एउटा Trick को बारे लेख्दैछु जुन Trick को मद्घतले तपाईंले आफ्नो Pendrive मा Background Wallpaper हाल्नसक्नु हुनेछ । तरिका simple छ,

१) सबैभन्दा पहिला Background राख्नु पर्ने इमेज छान्नुहोस् र सजिलोको लागि त्यसलाई कपि गरेर desktop मा पेस्ट गर्नुहोस् ।
२) तल लेखिएको code लाई copy गर्नुहोस् र notepad मा paste गरेर "desktop.ini" नाम दिएर सजिलोको लागि desktop को location दिएर save गर्नुहोस् ।

[ExtShellFolderViews]
{BE098140-A513-11D0-A3A4-00C04FD706EC} = {BE098140-A513-11D0-A3A4-00C04FD706EC}
[{BE098140-A513-11D0-A3A4-00C04FD706EC}]
Attributes=1
IconArea_Image=YourPictureName.jpg
IconArea_Text=0x00FFFFFF
३) जहाँ "YourPictureName.jpg" लेखिएको छ त्यसको ठाउमा Background राख्नु पर्ने इमेजको नाम लेख्नुहोस् । जस्तै : "kyamazza.jpg"
४) अब उक्त इमेज र तपाईंले save गर्नु भएको desktop.ini फाइललाई कपि गरेर तपाईंको pendrive मा पेस्ट गर्नुहोस् ।
५) उक्त दुबै फाइललाई राईट क्लिक गरेर properties मा गएर Hidden गरिदिनुहोस् ।
६) Refresh गर्नुहोस्, तपाईंको Background Wallpaper सेट हुनेछ ।
७) तपाईंले यही Trick लाई आफ्नो कम्प्युटरको Drive C,D,E मा पनि प्रयोग गरेर Drive मा Background Wallpaper राख्नसक्नु हुन्छ ।