Tuesday, June 22, 2010

याहू मेसेन्जरमा Status चेक गर्ने कि ?

के तपाईंको कोही साथी याहू मेसेन्जरको लिस्टमा सधैं offline देखिन्छ ? के यो त्यो साथीको सही Status हो ? तपाईंको साथीको यो offline Status सही नै हो भन्ने छैन किनकी याहू मेसेन्जरमा उपलबध एउटा Feature ले तपाईंले आफ्नो status लाई लुकाउन सक्नु हुन्छ जसलाई Invisible भनिन्छ र तपाईंको त्यो साथीले पनि यही Feature को प्रयोग गरेर आफ्नो status लाई लुकाएर तपाईंलाई झुक्काउदै छ कि ?

याहू मेसेन्जरमा को को अन्लाईन र को को साचैनै offline छ पत्ता लगाउने तरिका बारे पहिला पनि लेखेको थिए (हेर्नुहोस् पुरानो पोस्ट), अर्को एउटा सजिलो तरिकाको बारे लेख्न गैरहेको छु ।



http://www.ydetector.com/ एउटा यस्तो साईट हो जसबाट तपाईंले आफ्ना साथीहरुको सही Status पत्ता लगाउन सक्नु हुन्छ । हुन त तपाईंले अरु पनि धेरै साईटहरु पाउनुहुन्छ जसबाट याहू मेसेन्जर को Status पत्ता लगाउन सकिन्छ तर यहाँ यही साईटको बारे जानकारी दिनुको कारण मैले धेरै चोटि यो साईट बाट ट्राइ गरेको र सही नतिजा निस्केकोले हो ।

साईटमा तपाईंले मात्र चेक गर्नु पर्ने साथीको याहू id सर्च बक्समा टाईप गरेर Enter गरेपछि केही सेकेण्डमा नै तपाईंले नतिजा पाउनु हुनेछ कि उक्त साथी अन्लाईन, अफलाइन वा invisible Mode मा छ । छैन त सजिलो ? लौ अब कसैले invisible मा बसेर झुक्काउने कोशीस गर्दैछ चेक गरी हाल्ने हैन त ?

Sunday, June 6, 2010

Firefox ब्राउजरमा password stored गर्दाको खतरा

तपाईंले अबस्य पनि ईन्टरनेट ब्राउजर firefox चलाऊनु भएकै छ होला तर यसमा केही security risk छ भनेर थाहा नभएको हुन सक्छ । firefox ब्राउजरमा भएको "password remembered" tools बारे केही जानकारी लिनु जरुरी छ किनकी सामान्य जानकारी बिना तपाईंले आफ्नो username र password धमाधम remember tab मा क्लिक गर्दै जानु भयो भने यो तपाईंको लागि खतरा हुन सक्छ किनकी तपाईंले remember गर्नु भएको username र password तपाईंको कम्प्युटर चलाऊने अरु जो कसैले पनि थाहा पाउन सक्छ । एक चोटि firefox ब्राउजरमै ट्राइ गरेर हेरौन त है ...

१) मैले आफ्नो yahoo मेल खोल्न username र password हालेँ, मलाई firefox ब्राउजरले "Remember" "Never for this site" र "not now" भन्ने option दियो । मैले "remember" tab मा क्लिक गरे जुन तपाईंहरुले पनि गर्दै आउनु भएको होला ।

२) अब firefox ब्राउजरको tools भित्रको "option" मा गएँ ।
३) त्यहा "Security" tab मा क्लिक गरे ।
४) बिचको "Saved Passwords" मा क्लिक गरेँ ।
५) मैले त्यहा save भएर बसेका साईटहरु र username हरु देखेँ । जहाँ अघि मैले भर्खर "Remember" गरेको साईट पनि छ ।६) अब मैले "Show Passwords" मा क्लिक गरेँ र "Confirm" messege मा yes गरिसके पछि मैले त्यहा username र password प्रस्ट देखेँ ।
यसको मतलब तपाईंले के बुझ्नु भयो त ? यदि तपाईंले नजानेर आफ्नो username र password यसरी "Remember" गरेर राख्नु भएको छ भने अरु जो कसैले पनि तपाईंको username र password थाहा पाउन सक्ने भएन त ?

अब तपाईंले सोच्न थाल्नु भयो होला कि यसलाई कसरी "Protect" गर्न सकिन्छ त ? हो यो option पनि छ firefox मा, तपाईंले यसलाई आफ्नो सिक्रेट password ले "protect" गर्न सक्नु हुन्छ । त्यसको लागि तपाईं फेरी :
१) tools > options > Security Tab मा जानुहोस् र त्यहा "Use a Master Password" को बक्समा tick लगाइदिनुहोस् ।
२) तपाईंलाई Master Password के राख्ने भनेर सोधिनेछ त्यहा कुनै password टाईप गर्नुहोस् र फेरी Re-Enter गरेर ओके गरिदिनुहोस् ।३) अब तपाईंको firefox password ले protect भयो । तपाईंले अब अघिको जस्तो गरेर password हेर्न खोज्नु भयो भने password option आउनेछ र password हालीसकेपछि मात्र त्यो पेज खोलिनेछ ।

Friday, June 4, 2010