Tuesday, October 26, 2010

शुभ दीपावली २०६७


नेपालीहरुको महान चाड बडा दशैको समाप्ती सँगै हरेक नेपालीहरुको घर आँगनमा अहिले तिहार (दिपावली)को रमझम देखिन थालेको छ । यसैको अबसरमा www.sagars99.blogspot.com आफ्ना समस्त पाठकहरुमा हार्दिक मंगलमय शुभकामनाका साथ केही
तिहार सम्बन्धी गीत पस्कन चाहन्छ । गीत डाउनलोड गर्न गीतको बोलमा राईट क्लिक गरेर save target as गर्नुहोला





Saturday, October 9, 2010

"शुभ विजया दशमी"














हिन्दुहरुको महान चाड बडा दशैँ धुमधामसंग सबैको घर घरमा भित्रीएको छ। सबै तिर उत्साह उमंग तथा रमाइलो बातावरण फैलिएको छ। बजार हेर्ने हो भने ठूल्ठूला शपिङ् मल,डिपार्टमेन्ट स्टोर देखि लिएर फुटपाथको पसलमा समेत मानिसको भिड बढ्दो छ। नयाँ लुगा लाउने, तथा आफन्तकहाँ गएर रमाइलो गर्ने चाहना सबैको अनुहारमा स्वत देख्न सकिन्छ। कतै चंगा उडाउनेको रमाइलो त कतै जुवाको खेलको रमाइलो कतै घर सजाउने होड त कतै पिङमा मच्चिने जोड समग्रमा हेर्दा यसपालिको दशै पनि धुमधाम संग मनाइने तयारी भई रहेको देखिन्छ ।

बडा दशैं-०६७ को पावन अवसरमा www.sagars99.blogspot.com को तर्फ बाट समस्त पाठक बर्गका साथसाथै सम्पूर्ण नेपालीहरुको घर आँगनीमा श्री माता दुर्गा भवानीको बास होस्, अन्न बालीको ढुकुटीले घर भरी भराउ होस्, सुन चाँदीको रास होस्, ईष्टमित्रहरु सबैको तपाईंसंग सुझाब सल्लाह सहयोग र सद्भाबको आस होस्, शत्रु जती नाश होस्; भनी सबैलाई "शुभ विजया दशमी" भन्दै हार्दिक हार्दिक मंगलमय शुभकामना ।